मगर समुदायको दोस्रो ठुलो चाड भूम्या पर्व सुरु, धुमधामसँग मनाउँदै

काठमाडौं – प्रकृतिको पुजा गरेर मनाईने मगर समुदायको दोस्रो ठूलो चाड भूम्या पर्व आज (आइतबार) देखि सुरु भएको छ । प्राकृतिक विपत्ति नआओस्, भूतप्रेत, ग्रहदशा जाउन्, बालीनालीमा किरा नलागोस् भनेर मगर समुदायमा हरेक असार १ गतेदेखि भूम्या पर्व मनाउने प्रचलन छ । विशेष गरी रोल्पा, रुकुमको मगर बाहुल्य क्षेत्र र अथार मगरात क्षेत्रमा मनाईने भूम्या पर्व पछिल्लो समय काठमाडौं उपत्यका लगायतमा पनि मगर समुदायले धुमधामका साथ मनाउने गरेका छन् । भूम्या पर्वको अघिल्लो दिन युवायुवतीहरुले बुकी (लेक) तथा अग्ला पहाडबाट ल्याएको फूल असार १ गते विहान बस्तीका हरेक घरमा...