मिडिया काउन्सिल विधेयक सच्याउन सरोकार पक्षहरुबीच छलफल

हेटौँडा – नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको आयोजनामा सरकारले ल्याउन खोजेको मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रता बिरोधी प्राबधान हटाउनुपर्ने माग गर्दै सरोकार पक्षहरु बीच छलफल कार्यक्रम गरेको छ । छलफल कार्यक्रममा मकवानपुरे राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्थाका प्रतिनिधिहरुले दबाब दिने बताएको छ । कार्यक्रममा बोल्दै तिन नम्बर प्रदेशको प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बाँनीयाले सरकारले पत्रकारितामाथि निरंकुशता लादन खोजेको बताए । पत्रकारिता राज्यको चौथो अंग पनि भन्ने अनि निरंकुश लाद्ने काम गरेको भन्दै उनले कुनैपनि हालतमा उक्त विधेयक सच्याउन पर्ने बताए । त्यस्तै, नेकपा मकवानपुरका अध्यक्ष तथा तिन नम्बर...