चारवर्ष पछि ताताेपानी नाका संञ्चालनमा

सिन्धुपाल्चोक – चार वर्षदेखि बन्द रहेको नेपाल–चीन जोड्ने पहिलो तातोपानी नाका बुधबारबाट औपचारिक रुपमा सञ्चालन हुन लागेको छ। नेपाल चीनबीच नाका सञ्चालनको सहमतिपछि तातोपानीमा भन्सार लगायत सम्बन्धित कार्यालयले आफ्नो तयारी पूरा गरेका छन्। २०७२ बैशाख १२ को भूकम्पले दुबै तर्फको भौतिक संरचनामा क्षति पुर्‍याएपछि बन्द भएको नाका उद्योग बाणिज्य मन्त्री मातृका यादवको उपस्थितिमा बुधबारबाट पुनः सञ्चालनमा ल्याउन लागिएको हो। भूकम्पले क्षति पुर्‍याएको तातोपानी क्षेत्रमा २०७३ साउनमा भोटेकोशी नदिले सडक लगायत संरचनामा थप क्षति पुर्‍याए पछि नाका सञ्चालनमा अन्यौलता थपिएको थियो । स्थानीय व्यवसायी, राजनीतिक दल, जनप्रतिनिधि एवम् नेपाल सरकारको...