मेरिल्याण्डमा उपनगर प्रमुख सिटौलाद्वारा बुद्धधर्म ग्रन्थमा सपथ ग्रहण
अमेरिका – अमेरिकाको मेरिल्याण्ड राज्यको टाउन अफ इण्डियन हेड नगरपालिकामा उपनगर प्रमुखमा दोश्रो पटक बिजयी भएका किरण सिटौलाले बुद्ध धर्म ग्रन्थ दोमाङ्गमा सपथ लिएका छन् । उनले बख्खु लगाएर सपथ ग्रहणमा पुगेका थिए । उनले हिमाली भेगका सम्पूर्ण नेपाली बिशेष गरेर शेर्पा ,गुरुङ र थकाली समुदायको उच्च कदर गर्दै सपथ लिएका छन् । सन् २०१५ मा पहाडी पोशाक दौरा सुरुवाल र ढाका टोपी लगाएर गएका थिए । अर्को चुनाव जितेमा तराईवासीको पोशाक धोति लगाउने बचन गरेका छन् । मंगलबार मे १४ का दिन मेरिल्याण्डमा सम्पन्न सपथ ग्रहण कार्यक्रममा अमेरिकाका...



















