विप्लव समूहसँग प्रहरीको दोहोरो भिडन्त
भोजपुर : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका कार्यकर्तासँगको दोहोरो मुठभेडमा प्रहरीको गोली लागेर विप्लव समूहका एक कार्यकर्ता घाइते भएको प्रहरीले बताएको छ । हतियारधारी समूह र प्रहरीबीच दोहोरो मुठभेड हुँदा विप्लव समूहका कार्यकर्ता षडानन्द नगरपालिका–२ कुदाक काउलेका तिर्थराज घिमिरे घाइते भएको प्रहरीले जनाएको छ । स्रोतका अनुसार घिमिरेको खुट्टामा गोली लागेको छ । उनलाई उपचारका लागि एम्बुलेन्सबाट भोजपुर अस्पताल ल्याइँदै गरेको बताइएको छ । उनको साथमा हतियारसमेत फेला परेको प्रहरीको भनाइ छ । मंगलबार दिउसो करिब सवा १ बजेतिर टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित धोद्रे जङ्गलमा विप्लवका हतियारधारी लडाकु समूहसँग प्रहरीको...



















