नेपाली कांग्रेसमा १ सय १७ जना प्रवेश

हेटौडा– नेपाली काँग्रेसको केन्द्रीय कार्यक्रम अन्तर्गतको राष्ट्रिय जागरण अभियान बुधबारबाट मकवानपुरमा पनि सुरु भएको छ । सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेसमा १ सय १७ जना प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा नारायणी यातायात संघका उपाध्यक्ष पुर्षोत्तम घिमिरे, सचिव ठाकुरनाथ सुवेदी र सुरेस खड्गी त्यसैगरी कोषाध्यक्ष राजेश खड्गी नारायणी यातायात संघकै विष्णु विडारी रहेका छन् । त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र पूर्व नयाँ शक्ति पार्टी नेपाल परित्याग गरी काँग्रेसमा प्रवेश गरेको कांग्रेस नगर सभापति आनन्दराम पराजुलीले जानकारी दिए । नवप्रवेशीहरुलाई काँग्रेसका केन्द्रीय सदस्य...