नेपालमा चक्रवात ‘फानी’ को प्रभाब, हेटौडामा हावाहुरीको बितण्ड
हेटौडा – बंगालको खाडीबाट शुरु भएको शक्तिशाली ‘फानी’ आँधीको भारत हुदै नेपाल सम्म यसको प्रभाव देखिएको छ । हावाहुरी, मेघ गर्जन र चट्याङसहित फानीले वर्षातको प्रभाब हेटौंडामा समेत परेको छ । हेटौडामा करिब बिहान १० बजे देखि शुरु भएको फानीको प्रभाबले आकाश कालोनिला भई हावाहुरी सहित बर्षात गरेको छ । मौसविद्का अनुसार बंगालको खाँडीमा बनेको चक्रवात फानीको प्रभावले अहिले नेपालको पूर्वी क्षेत्रको मौसम पूरै बदली भएको छ । उक्त आँधीको असर विशेषगरी पूर्वी र मध्य क्षेत्रमा पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिइन्। ‘फानी नै...



















