चलचित्र पत्रकार संघ मकवानपुरले तिन व्यक्तिलाई सम्मान गर्ने

हेटौडा – चलचित्र पत्रकार संघ मकवानपुरले चलचित्र पत्रकारिता दिवसको अवसरमा तिन जनालाइ सम्मान सहित पुरस्कृत गर्ने भएको छ । संघको शनिबार बसेको बैठकले हरेक वर्षको जेठ ७ गते मनाउदै आएको चलचित्र पत्रकारिता दिवसको अवसरमा राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कारबाट सञ्चारकर्मी नवराज लम्साललाई नगद १० हजार पुरस्कार राशी सहित सम्मान गर्ने भएको छ । सोही अवसरमा चलचित्र पत्रकारिता पुरस्कारबाट नेपाल समाचार पत्रमा कलम चलाउदैं आएका सञ्चारकर्मी रोशन पराजुलीलाई पुरस्कृत गर्ने निणर्य गरेको छ । पराजुलीलाई दिने पुरस्कारको राशी ५ हजार रहेको छ । मकवानपुरमा जन्म भई राष्ट्रिय कलाकारितामा सफल कलाकारहरुलाई सम्मान...