मनहरीको भुन्द्रुङमा पक्कीपुल बन्ने
हेटौडा (मनहरी) – मनहरी गाउपालिका वडा नम्बर तिन भुन्द्रुङ र हेटौडा १९ को बस्तीपुर जोड्ने राप्तिखोलामा पक्की पुल निर्माण गर्न आबश्यक बजेटको लागि भौतिक योजना तथा यातायात मन्त्रालयमा संसद लगायत जनप्रतिनिधिहरु पुगेका छन् । पक्कीपुल निर्माणको लागि आवश्यक बजेट विनीयोजनका लागि प्रतिनिधी सभाका सदस्य रामनारायण बिडारी, प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्य ओम घलान, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती भौतिक योजना तथा यातायात मन्त्रालयमा पुगि स्थानियहरुको समस्य समाधानका लागि आग्रह गरेका थिए । समस्याको बारेमा मन्त्रालय सरारात्मक रहेको र स्थानिय सरकार गठन पहिले नै उक्त स्थानमा पक्की पुल...



















