पप्पू कन्स्ट्रक्सनलाइ कालोसूचीमा राख्ने तयारी
इटहरी – हुलाकी लोकमार्ग निर्माणको जिम्मा लिएको हरिनारायण रौनियारको कम्पनी पप्पू कन्स्ट्रक्सनको ठेक्का खारेजीमा पर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय हुलाकी लोकमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले पप्पूको ठेक्का तोड्ने निर्णय गरेको हो । पप्पूले सम्झौता बमोजिम काम सुरु गरी बिचैमा छाडी कार्य सम्पन्न गर्नेतर्फ कुनै पनि चासो नदेखाएकाले सम्झौता खारेज गर्न लागिएको आयोजनाले जनाएको छ । पटक-पटक मौखिम जानकारी गराएको, लिखित रुपमा समेत सचेत गराउँदा समेत कार्य सम्पन्न गर्न पहल नगरेको पाइएको आयोजनाले बताएको छ । आयोजनाले गत वैशाख २८ गते पनि एक सार्वजनिक सूचना...



















