हेटौडामा हुने ‘दोस्रो हेटौंडा जर्नालिजम अवार्ड’ को मनोनयनमा परेको नाम सार्वजानिक (नामावली सहित)
हेटौडा – न्यू मिडिया एकेडेमी प्रालि हेटौडाको आयोजनामा हुन लागेको ‘दोस्रो हेटौंडा जर्नालिजम अवार्ड – २०७६’ को उत्कृष्ट तिन मनोनयन सोमबार हेटौंडामा पत्रकार मार्फत सार्वजानिक गरेका छन् । विभिन्न ११ विधामा वर्ष ०७५ मा कार्य गरेका मकवानपुरका सञ्चारकर्मीहरु मध्येका प्रत्येक विधामा ३ जनाको मनोनयन नाम सार्वजानिक गरिएको हो । न्यू मिडिया एकेडेमी प्रालिको अध्यक्ष एबम अवार्ड कार्यक्रमको संयोजक मणिराज गौतमले उक्त नाम सार्वजानिक गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय प्रशिक्षण विभागका सदस्य मनोज ढोडारी, प्रदेश ३ का महासचिव कृष्ण सारु मगर, जिल्ला अध्यक्ष हरि हुमागाई, आयोजक समितिका...














