स्थानीय तह वित्तीय अनुशासनमा थाहा नगर प्रथम
जेठ, हेटौडा (थाहा नगर) – मकवानपुरको पर्यटकीय नगर थाहा नगरपालिका स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्याङ्कनमा प्रथम भएको छ । थाहाले आर्थिक वर्ष २०७८/७९ मा कुल १०० मध्ये ७८ अंक प्राप्त गर्दै जिल्ला प्रथम भएको हो । जिल्ला समन्वय समिति मकवानपुरले जिल्लाका १० वटै स्थानीय तहको समग्र स्थिति, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थितिको मूल्याङ्कन गरेर नतिजा प्रकाशन गरेको जिल्ला समन्वय समिति मकवानपुरकी शाखा अधिकृत सुनिताकुमारी गजुरेलले जानकारी दिनुभयाे। जिससले योजना, बजेट तथा कार्यक्रम व्यवस्थापन, कार्यान्वयन क्षमता तथा व्यवस्थापन, लेखाङ्कन तथा प्रतिवेदन अनुगमन, मुल्यांकन तथा लेखापरीक्षण र राजस्व व्यवस्थापनमा वित्तीय...



















