नेपाली सेनामा ४ हजार ५ सय जनाका लागि आवेदन खुल्यो
बैशाख, काठमाण्डौ – नेपाली सेनामा जागिर खान चाहने युवाहरुका लागि भर्ना खुलेको छ । नेपाली सेनाले सैन्य पदमा एकैपटक ४ हजार ५०० जना नयाँ भर्ना गर्न लागेको हो। खुला तथा समावेशी प्रतियोगिताद्वारा विभिन्न २८ भर्ना केन्द्रमार्फत सैन्य पदमा भर्ना खुलाइएको छ। नेपाली सेनाले सैन्य पद नयाँ भर्नाका लागि कुल संख्यामधये २२५ कोटा सैनिक तालिम वा आफ्नो कर्तव्य गर्दा गर्दै कुनै शारीरिक चोटपटक लागी सोही कारणबाट शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततिका लागि छुट्याएको छ। यसैगरी खुलातर्फ २ हजार ३ सय ५१, महिलातर्फ...


















