राक्सिराङ्गका युवा नेता बनस्तम थिङलाई प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस

पुष, हेटौडा (राक्सिराङ्ग) – नेपाली कम्युनिष्ट पार्टी जिल्ला कमिटी मकवानपुरले एकता कार्यदलको सिफारिसबाट बिकट क्षेत्र राक्सिराङमा जन्मिएका युवा नेता बनस्तम थिङलाई आसन्न प्रतिनिधि सभा सदस्य मकवानपुर क्षेत्र २ बाट उम्मेदवार सिफारिस गरिएको छ । मकवानपुर क्षेत्र नम्बर २ बाट गाउँपालिका उपाध्यक्ष समेत रहनुभएको थिङ्ग सहित विरोध खतिवडा, कुमारी मोक्तान, रामनारायण विडारी, वीरबहादुर घलान ज्वाला, लवशेर विष्ट, सागर उप्रेती र किशोर बर्तौलालाई सिफारिस गरेको हो। कम्युनिस्ट बिचार, दृष्टिकोणका साथ आन्दोलनको अग्रमोर्चामा सधैं देखिरहने परिचित उनलाई आसन्न निर्वाचनको लागि युवा उम्मेदवारको रुपमा सिफारिस गरिएको छ। विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु...