प्रदेश योजना आयोगले बागमती प्रदेश सरकारलाई कानूनी मस्यौदाहरू हस्तान्तरण
असोज, हेटौंडा – प्रदेश नीति तथा योजना आयोगले बागमती प्रदेश सरकारलाई ४ वटा कानूनी मस्यौदाहरू समाविष्ट गरिएको दस्तावेज हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच बागमती प्रदेशको मूख्यमन्त्री कार्यालयमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई बागमती प्रदेश नीति तथा योजना आयोगको तर्फबाट आयोगका उपाध्यक्ष डा. कृष्ण राज पन्तले मस्यौदाहरु हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण गरिएका मस्यौदा दस्तावेजहरुमा प्रदेश नीति तथा योजना आयोग ऐन-२०७९, प्रदेश तथ्याङ्क व्यवस्थापन ऐन-२०७९, प्रदेश आयोजना बैँक दिग्दर्शन-२०७९, सङ्गठनात्मक संरचना र जनशक्ति प्रस्ताव रहेका छन् । कार्यक्रममा योजनावद्ध विकास मार्फत प्रदेशलाई समृद्ध बनाउनको निम्ति प्रदेश नीति तथा...



















