सत्तारुढ गठबन्धनका उम्मेदवारद्वय खतिवडा र बानियाँ मनहरीको बगरबस्ती पुगे

कार्तिक, हेटौडा (मनहरी) – मकवानपुर क्षेत्र नम्बर २ प्रतिनिधि सभाका उम्मेदवार बिरोध खतिवडा र प्रदेश सभा तर्फ २ ख का उम्मेदवार इन्द्रबहादुर बानियाँ मनहरी गाउँपालिका ९ ज्यामिरेस्थित बगरबस्तीमा पुगी अब्यवस्थित बसोबास, वन्यजन्तुको आक्रमण लगायतका बिषयमा जनताका समस्याको सुनुवाई गर्नु भएको छ । निकुन्ज संगै जोडिएको बस्ति भएकोले वन्यजन्तुले मानवीय र भौतिक क्षति पु¥याइरहने समस्या समाधानका लागि नीतिगत रुपमै पहल गरिने दुबै उम्मेदवारले बताउनुभयो । संसदमा क्षतिपूर्तिका लागि पटक पटक माग गर्दा गर्दा बल्ल राज्यले नीतिगत रुपमा क्षतिपूर्ति दिने व्यवस्था मिलाएको प्रतिनिधि सभा सदस्यका उम्मेदवार खतिवडाले बताउनुभयो । उहाँले आगामी...