खतिवडा र बानियाको घरदैलो अभियान
कार्तिक, हेटौंडा – लोकतान्त्रिक बाम गठबन्धनबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ को उम्मेदवार बिरोध खतिवडा र प्रदेश सभा तर्फाको उम्मेदवार ईन्द्रबहादुर बानियाँले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । बुधबार बिहान गठबन्धनका प्रतिनिधि र प्रदेश सभाको उम्मेदवार विरोध खतिवडा र इन्द्रबहादुर बानिया सँग सँगै हेटौंडा ३ का मतदाताको घरघरमा मत माग्न पुगेका छन् । उनीहरुले हेटौंडा ३ को सरस्वती टोल, मनकामना टोल, बसा महादेव टोल र सिमलथली टोलमा घरदैलो कार्यक्रम गरेका थिए । घरदैलोको क्रममा बानियाँ र खतिवडाले मतदाताहरुलाई गठबनधनले बोकेको एजेन्डा र आम जनताको लागि तयार गरिएको योजनाहरु...


















