एमालेका उम्मेदवारलाई, नेपाल परिवार दल मकवानपुरको समर्थन
कार्तिक, हेटौंडा – नेपाल परिवार दल मकवानपुरले नेकपा एमालेका तर्फबाट प्रतिनिधि तथा प्रदेश सभामा उम्मेदवार बनेका ६ जना उम्मेदवारलाई समर्थन गरेको छ । शनिबार हेटौडामा परिवार दल मकवानपुरको जिल्ला अध्यक्ष एवम् केन्द्रीय सदस्य हरिबहादुर लोप्चनले पत्रकार सम्मेलन गर्दै केन्द्रिय निर्देशन अनुसार आफ्नो पार्टीले प्रतिनिधि तथा प्रदेशसभा तर्फ एमालेका उम्मेदवारलाई समर्थन गर्दै मतदान गर्ने बताउनु भएको हो । मंसिर ४ गते हुने चुनावमा नेकपा एमालेका प्रतिनिधीसभा क्षेत्र नम्बर-१ का उम्मेदवार कमल थापा, क्षेत्र नम्बर-१ को (क) का उम्मेदवार कमल विष्ट, (ख) का उम्मेदवार एकालाल श्रेष्ठ, क्षेत्र नम्बर-२ का उम्मेदवार महेशकुमार...



















