मनहरीमा आज लोकतान्त्रिक बाम गठबन्धनको बृहत आमसभा हुँदै

मंसिर , हेटौंडा (मनहरी) – मकवानपुरको क्षेत्र नम्बर २ ‘ख’ मा आज लोकतान्त्रिक बाम गठबन्धनको बृहत आमसभा हुँदै छ । मनहरी बजारमा हुने आमसभामा मकवानपुर २ (ख) का गठबन्धन दलका उम्मेदवार सहित नेता कार्यकर्ताको बाक्लो सहभागिता रहने भएको छ । निर्वाचन प्रचारप्रसारको अन्तिम दिन आज मंसिर १ गते मनहरीमा बृहत आमसभाको आयोजना गरिएको नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्बर २ (ख) का सभापति एवम् गठबन्धनका निर्वाचन परिचालन समितिका संयोजक रन्जन कालाखेतीले बताउनु भयो । बिहान ११ बजे हुने बृहत चुनाबी सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत प्रमुख...