हेटौंडा उपमहानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने

पुष, हेटौंडा – हेटौंडा उपमहानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्नेे भएको छ । उपमहानगरपालिकाले बुधवार एक सूचना जारी गर्दै लोकसेवा आयोगद्धारा लिईने चौंथौ/पाँचौं तहको तयारी कक्षा निःशुल्क रुपमा सञ्चालन गरिने जनाएको हो । उपमहानगरपालिकाका भित्र स्थायी बसोबास रहेकाहरु ईच्छुक व्यक्तिहरुले सूचना जारी भएको १० दिनभित्र अर्थात पुष ७ गतेभित्र सामाज कल्याण शाखामा दरखास्त दिन भनिएको छ । साथै दलित, महिला, जनजाति र अपाङ्गता भएकाहरुलाई विशेष प्राथमिकतामा राखेर तयारी कक्षा सञ्चालन गरिने उपमहानगरपालिकाले जानकारी दिएको छ । दरखास्त दिन नेपाली नागरिकताको प्रतिलिपी र शैक्षिक योग्यताको प्रमाणपत्र (एसईई/एसएलसी वा सो...