हेटौडामा माघ ७ र ८ गते ‘सोनाम ल्होछार साँस्कृतिक महोत्सब’ हुने

पुष, हेटौडा – तामाङ समुदायको राष्ट्रिय पर्व २८५९ ह्योई/तावार ल्हो (बिरालो वर्ष) सोनाम ल्होछारको अवसरमा बागमती प्रदेशको राजधानी हेटौडामा ‘सोनाम ल्होछार साँस्कृतिक महोत्सब’ हुने भएको छ । बुधबार हेटौडामा पत्रकार सम्मेलन मार्फत नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुर र मकवानपुर तामाङ कलाकार संघको संयुक्त आयोजनामा आगामी माघ ७ र ८ गते दुई दिन हेटौडा उपमहानगरपालिका १० स्थित टिसिएन चौरमा ‘सोनाम ल्होछार साँस्कृतिक महोत्सब’ हुने भएको हो । कलाकार संघले ल्होछार साँस्कृतिक कार्यक्रमको मिति तय गरिसकेको थियो, कार्यक्रमलाई अझ बृहत बनाउन जिल्लाको तामाङ घेदुङको टिम सहित विभिन्न जातिय संघसंस्था...