राक्सिराङमा अर्धवार्षिक समीक्षा अनुमोदन सहित ७ वटा प्रस्ताव पारित
पुष, हेटौंडा (राक्सिराङ) – मकवानपुरको राक्सिराङ गाउँपालिकाको १३ औं गाउँसभा शुक्रबार सम्पन्न भएको छ । गाउँपालिकाको केन्द्र चैनपुरमा भएको गाउँसभाबाट अर्धवार्षिक समीक्षा अनुमोदन सहित ७ वटा प्रस्ताव माथि छलफल भई सर्वसम्मत पारित गरिएको हो । कार्यपालिका सदस्य तथा १ नम्बर वडाध्यक्ष बाबिराम मुक्तानले गाउँसभामा चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अनुमोदन सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । मुक्तानले पेश गरेको अर्धवार्षिक समीक्षासम्बन्धी प्रस्तावमा चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा १४ दशमलव १६ प्रतिशत बजेट खर्च गर्न सफल भएको उल्लेख छ । चालिस करोड २९ लाख चालिस हजार रुपैयाँको बजेट बनाएको...



















