आज सोनाम ल्होछार । देशविदेशमा विविध कार्यक्रम गरि मनाईदै

माघ, हेटौडा – तामाङ समुदायले सास्कृतिक पर्बको रुपमा आज नयाँ वर्ष अर्थात सोनाम ल्होछार पर्व मनाउँदैछन् । सोनाम ल्होछार तामाङ जातिले नयाँ वर्षको रुपमा मनाउने मौलिक तथा साँस्कृति पर्व हो । यो हरेक वर्ष माघ शुक्ल प्रतिपदा अर्थात ख्रेला छेपा गिकका दिन मनाइन्छ । चन्द्र पात्रोमा आधारित मञ्जुश्री पात्रो अनुसार आजदेखि तामाङ समुदायले च्यान ल्हो (बाघ वर्ग) लाई विदाई गरी ह्वोई/तावर ल्हो (बिरालो वर्ग) लाई स्वागत गरेका छन् । यो २८५९ सोनाम ल्होछार हो । ल्हो अर्थात वर्ष फेरिने प्रचलन १२ वटा जनावर तथा पशुपंक्षीको नाममा चक्रिय प्रणाली अनुसार...