ल्होछारको अवसरमा चौंरीदेउरालीमा २२ फिट अग्लो बुद्धको मुर्ति उद्घाटन हुने

माघ, काभ्रे (चौंरीदेउराली) – काभ्रेको चौंरीदेउराली गाउँपालिकाको आरुबोटमा निर्माण भएको २२ फिट अग्लो शाक्यमुनि बुद्धको मूर्ति उद्घाटन हुने भएको छ । यहि माघ ८ गते ‘धिनिम्हेन्दो तामाङ उत्थान समाज’को आयोजनामा हुने २८५९ सोनाम ल्होछार विशेष साँस्कृतिक कार्यक्रममा सो मूर्तिको उद्घाटन गरिने भएको हो । सो मूर्ति धिनिम्हेन्दो तामाङ उत्थान समाज ले २०७५ माघ २२ गते सोनाम ल्होछारको अवसरमा विविध कार्यक्रमका साथमा शिलान्यास गरिएको थियो । समाजको अध्यक्ष राजकुमार मोक्तानका अनुसार मूर्तिको उद्घाटन पूर्व मन्त्री तथा प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. २ का सांसद गोकुल बाँस्कोटाले गर्ने भएको छ ।...