ज्यान जोखिममा राखेर बिद्यालय जान्छन् बिद्यार्थी
असोज, हेटौंडा – मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ सिमात खोलामा पुल नहुँदा ज्यान जोखिममा राखेर बिद्यार्थीहरु परीक्षा दिन जाने गरेका छन् । बकैया स्थित कालाभैरव प्राथमिक बिद्यालय धेत्रे दमारमा अध्ययनरत बिद्यार्थीहरु वर्खा तथा हिउँदमा ज्यान जोखिममा राखेर सिमात खोला तरेर बिद्यालयमा अध्ययन गर्न जाने गरेका हुन् । सिमात खोला तर्न बर्खामा बिद्यार्थीहरुले समस्या भोग्नु परेको छ । तामाङ समुदायको बाहुल्यता रहेको यस बिद्यालयमा हाल २७ जना बिद्यार्थीहरु अध्ययनरत रहेका छन । जसमध्ये छात्रा १७ र छात्र १० जना रहेको बिद्यालयले जनाएको छ । यहाँ बालकक्षा देखि कक्षा...



















