तामाङ साहित्य बिषयकमा अन्तरक्रिया तथा इजरायल घेदुङको पुरुस्कार बितरण

तामसालिङ खबर
५ मंसिर २०७६, बिहीबार ०७:३२

मंसिर ५, काठमाण्डौ – ताम्बा काइतेन लेखक स्व.कर्नेल सन्तबिर लामा पाख्रिनको १२२ औ जन्म जयन्तिको अवसरमा “ताम्बा काइतेन र तामाङ साहित्य बिषयक” अन्तरक्रिया कार्यक्रम काठमाण्डौमा हुने भएको छ ।

नेपाल तामाङ घेदुङ संघीय कार्यालयको सभाहलमा घेदुङको भाषा प्रशिक्षण तथा साहित्य बिभागको आयोजनामा आउँदो मंसिर ८ गते आइतबार सो कार्यक्रम हुने भएको हो ।

त्यस्तै, सोही दिन तामाङ घेदुङ इजरायलद्वारा पाँचौ वार्षिकोत्सवको अवसरमा आयोजित प्रथम अन्तराष्ट्रिय तामाङ व्हाईखा प्रतियोगितामा अनलाइन मार्फत भाग लिई बिजेता भएका प्रतियोगीहरुलाई प्रमाण पत्र तथा पुरुस्कार वितरण गर्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*