मंसिर २७ र २८ गते काठमाण्डौमा ‘तामाङ सेलो संगीत तथा खाना महोत्सव’ हुने

तामसालिङ खबर
७ मंसिर २०७६, शनिबार १५:४५

मंसिर ७, काठमाण्डौ – नेपाल तामाङ कलाकार संघको आयोजनामा यही मंसिर २७ र २८ गते “तामाङ सेलो संगीत तथा तामाङ खाना महोत्सव” गर्ने भएको छ । संघले शुक्रबार काठमाण्डौमा पत्रकार सम्मेलन गरि महोत्सबबारे जानकारी गराइएको हो ।

दुई दिनसम्म चल्ने महोत्सवमा तामाङ मौलिक गीत फापारे व्हाइ, खान्दोके भाका, ताम्बा गीत तथा नाच, म्हेन्दो मायाका साथमा तामाङ सेलोका विभिन्न भाकाहरु प्रस्तुत हुनेछ । सोही समयमा सेलो गीत संगीतका विभिन्न पक्षका बारेमा वहस तथा छलफल हुने आयोजकले जनाएको छ ।

तामाङ संस्कार, परम्परा साथै भाषा,लोपोन्मुख बाजा,पहिचानलाई महोत्सवले थप उजगार गर्ने संघका अध्यक्ष सञ्जिव वाइबाले बताए । डम्फु टुङना, तामाङ सेलो संगीत, संस्कार र तामाङ जातिले प्रयोग गर्ने मौलिक खानाको संरक्षण र सम्बर्द्धन गर्ने परिपाटि अझ बिस्तार हुने वाइबाले बताए ।

काठमाण्डौको चुच्चेपाटी होटल हायत होटेलको ग्राउन्डमा दुइ दिन सम्म हुने महोत्सबको पहिलो दिन दिउँसो १ बजेदेखी ३ बजेसम्म उदघाट्न कार्यक्रम हुने र बेलुका ७ बजे सम्म कलाकारहरुको प्रस्तुती रहने भने दोस्रो दिन बिहान ११ बजेदेखी बेलुका ७ बजे सम्म कार्यक्रम हुने आयोजकले बताए ।

महोत्सवमा ब्यापारिक स्टलहरु पनि रहेकोले सम्पर्क गर्न र सिङ्गो समुदायलाई आर्थिक , भौतिक तथा नैतिक सहयोगको लागि आयोजक टिमले अपिल गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*