हेटौडामा सात दिने तामाङ लिपि प्रशिक्षण
मंसिर २३, हेटौडा – हेटौडामा आइतबार देखि तामाङ लिपि (तामयीग) प्रशिक्षण शुरु भएको छ । नेपाल तामाङ घेदुङ मकवानपुरको आयोजनामा शुरु भएको तामाङ लिपि प्रशिक्षण सात दिन सम्म संचालनले आयोजकले बताएको छ ।
जिल्ला घेदुङको अध्यक्ष लिलाकुमार घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका उपमेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा भएको थियो ।
मकवानपुरको स्थानीय तहको घेदुङ कमिटिको पदाधिकारी, बुद्धिजिबीहरु लगायत ५० जनाको सहभागिता रहेको कार्यक्रममा लिपि प्रशिक्षक लिलाबहादुर स्याङ्तान र दर्पण ब्लोनले सात दिन सम्म प्रशिक्षण गर्ने भएको छ ।

त्यस्तै, नेपाल तामाङ घेदुङको केन्द्रिय सदस्य सुनिल मोक्तान, जिल्ला घेदुङको सल्लाकार शुभरत्न गोले, समाजसेवी जीवनमान मोक्तान, मिस तामाङ मकवानपुरको संयोजक माया घलान लगायतको सहभागिता रहेको थियो ।






