बौद्ध तामाङ कल्याण गुठीको अध्यक्षमा खड्गजीत लामा

तामसालिङ खबर
७ पुष २०७६, सोमबार ११:१५

पुस ७, काठमाडौं – बौद्ध तामाङ कल्याण गुठीको अध्यक्षमा पुन: खड्गजीत लामा सर्वसम्मत चयन भएको छ । गुठीको ५ औं अधिवेशन तथा १३ औं वार्षिक साधारण सभाले खड्गजीतलाई पुन अध्यक्षमा चयन गरेको हो । साधरण सभाले खड्गजीतको नेतृत्वमा २१ जनाको कार्यसमिति सर्बसम्मत रूपमा चयन गरेको छ ।

गुठीको उपाध्यक्षमा भुवन लामा, पूर्ण लामा, गेबु लामा निर्वाचित भएका छन् । कोषाध्यक्ष सञ्जय लामा, सह-कोषाध्यक्ष वलवीर लामा, सचिव सुरेन्द्र लामा, सह-सचिव देशभक्त गोले रहेका छन् ।

यस्तै, सदस्यहरुमा पुर्ण बहादुर लामा, कुष्ण बहादुर लामा, अर्जुन लामा, अनिल योञ्जन, सुरेन्द्र लामा, चन्द्रमाया लामा, बन्दना लामा, माया लामा, सोनाम लामा, रोजी लामा, रविन्द्र कुमार थिङ, दिपेन्द्र लामा र कान्छा लामा चयन गरिएका छन् ।

निर्वाचित पदाधिकारीहरुलाई बौंद्ध तामाङ कल्याण गुठीका निर्वाचन मण्डलका संयोजक एवं पुर्व लुम्बिनी विकास कोषका उपाध्यक्ष गजेन्द्रकुमार लामाले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*