तामाङ घेदुङ सिन्धुलीको अध्यक्षमा प्रकाश वाईबा चयन

अमृत गोले
१७ पुष २०७६, बिहीबार ०९:५२

पुस १५, सिन्धुली – नेपाल तामाङ घेदुङ सिन्धुलीको जिल्ला अधिबेशन सिन्धुलीमाढीमा भएको छ । प्रकाश वाईबाको अध्यक्षतामा १३ सदस्यीय नया कार्यसमिति चयन गरेको छ । घेदुङको संघीय सचीव रामकृष्ण ब्लोनको प्रमुख आतिथ्यतामा भएको अधिबेशन घेदुङको भाषा तथा संस्कृति प्रमुख काजीमान थिङ्को आतिथ्यता तथा घेदुङ्को जिल्ला अध्यक्ष गम्भीर मोक्तानको अध्यक्षतामा भएको हो ।

समितिको उपाध्यक्षमा नवीन तामाङ, कोषाध्यक्षमा निरुता लामा, सचीवमा अमर लो, सह-सचिव निकेश तामाङ लगायत सदस्यहरुमा अन्जु थोकर, संञ्जय थोकर, रेश्मा बोम्जन, मिलन थिङ पाराङ, मेनुका मोक्तान, रिता तामाङ, सन्तोष तामाङ र दिप तामाङ चयन भएको छ ।

नेपाल तामाङ घेदुङ, युवा घेदुङ, संस्कृति घेदुङ सिन्धुलीको संयुक्त समन्वयमा भएको अधिबेशनमा घेदुङ घ्याङलेखका उत्तर वाईबा, मरिणका मोतिलाल गोले, हरिहरपुरगढीका निरेश मोक्तान, कमलामाईका सरिता तामाङ,दुधौलीका मोतिलाल बल र सुनकोसीका छेडुप मोक्तान लगायतमा तामाङ कलाकारको सहभागिता रहेको थियो । अधिबेशनले प्रमिला वाईबाको संयोजकत्वमा महिला घेदुङको समेत चयन गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*