तामाङ सोसाइटी अफ नर्थ अमेरिकाको कोरोना रेस्क्यू समिति’ गठन
बैशाख, अमेरिका – तामाङ सोसाइटी अफ नर्थ अमेरिका (टिएसएनए)ले ‘केन्द्रीय कोरोना रेस्क्यू समिति’ गठन गरेको छ । समितिले भिडियो कन्फ्रेन्स मिटिङबाट समीति गठन गरेका हुन् । सोसाइटीका अध्यक्ष लक्यान लामाको संयोजकत्वमा १६ सदस्यीय रेस्क्यू टिम गठन गरिएको हो ।
संस्थाले यसअघि कोरोनाको असर र यसबाट बच्न सकिने विविध विषयमा सामाजिक सञ्जालमा समुदायलाई सचेत पार्दै आएको भने विज्ञहरुसँग छलफल चलाउन थालेको संस्थाका मिडिया संयोजक ङिमा पाख्रिनले बताए । टिएसएनएका अनुसार अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरेको अवस्थामा आफ्ना समुदायलाई सहयोग गर्ने उद्देश्यकासाथ रेक्स्यु समिति गठन गरेको हो ।
समितिले विज्ञप्तिमार्फत समुदायलाई रोगबाट सुरक्षित राख्न र अति आवश्यक सहयोगहरु पूर्ति गर्न विशेष भूमिकामा टिम खटिने उल्लेख गरेको छ । बिज्ञप्तिमा भनिएको छ, ‘विश्वभरी महामारी रोगको रुपमा फैलिएको कोरोना भाईरस कोभिड–१९ को संक्रमितने हामी सबै डरलाग्दोर भयावह स्थितिमा छौं तपाई हामीहरुको कर्मथलो राज्य अमेरिका समेत यो रोगको उच्च संक्रमित राज्यमा परेको छ ।
हामीलाई विश्वास छ यस्तो भयावहको स्थिति लामो समय रहदैन तथापी यहाँहरुको मनोबल संगसगै यस्ता समस्याहरुसँग लड्न र यहाँहरुलाई साथ दिन हामी संस्था जहिल्यै यहाँहरुकै साथमा रहेको जानकारी गराउँदछौ ।’ समुदायमा कोही पनि कतै संक्रमित भएमा स्थानीय संस्थाका कार्यसमिति वा रेस्क्यु समितिमा सम्पर्क राख्न सोसाइटीले आग्रह गरेको छ ।






