गायक प्रकाश तामाङ्गको ‘छामेला सोइनाम’ रिलिज

तामसालिङ खबर
२० पुष २०७८, मंगलवार ०८:४९

पुष, हेटौडा – पछिल्लो समय चर्चामा आएका मकवानपुरका चर्चित गायक तथा संगीतकार प्रकाश तामाङ्ग (तितुङ) को अर्को नयाँ तामाङ्ग सेलो गीत बजारमा आएको छ ।

आइतबार मोक्तान डिजिटल युट्युब च्यानलबाट ‘छामेला सोइनाम’ बोलको नयाँ तामाङ्ग सेलो गीत सार्वजनिक गरिएको हो । गीतमा गायक तितुङको शब्द र श्वर रहेको छ भने फिमेल भोकल अस्मिता रुम्बाको रहेको छ ।

म्युजिक भिडियोमा भिमफेदी गाईजको अभिनय देख्न सकिन्छ भने अनिता गोलेले सो ग्रुपलाई साथ दिएको छ । म्युजिक भिडियोको निर्देशन भिमफेदी गाईजका निर्मल लामाले गरेको छ ।

सर्गम स्टुडियो बौध्दमा रेकर्डिङ गरिएको गीतलाई चन्द सिंहले एरेन्ज गरेको छ भने मिक्सिङ दिपेश प्रधानले गरेको छ । भिडियोेलाई पवन तामाङ्गले कलरिङ्ग गरेको छ ।

भिडियो हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published.


*