धार्केलिङ गुम्बा रातोमाटेको अध्यक्षमा लिलाकुमार घलान सर्बसम्मत चयन

तामसालिङ खबर
७ जेष्ठ २०७६, मंगलवार १६:३४

हेटौडा – हेटौडाको रतोमाटेमा रहेको धार्केलिङ गुम्बाको ब्यबस्थापन समितिको भेलाले अध्यक्षमा लिलाकुमार घलानलाइ सर्बसम्मत चयन गरेको छ । घलानको नेतृत्वमा सोमबार एघार सदस्यीय नया कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा मिना लामा, सचिवमा तुला बहादुर लामा, सहसचिव चित्रकुमारी लामा तामाङ, कोषाध्यक्ष विमला माया वाईबा, सहकोषाध्यक्ष तिर्थमाया गोले रहेका छन् ।

त्यस्तै सदस्यहरुमा दोर्जे लामा, साहिलीकुमारी लामा, टेकबहादुर लामा, करसाङ लामा योञ्जन, रुद्रबहादुर रुम्बा चयन भएको छ । भेलामा प्रमुख अतिथि खेन्पो डा. तेन्जीङ लामा तामाङले बौद्ध शिक्षालाई आम तामाङ समुदायले अनिवार्य अध्ययन गर्नुपर्ने र जिवन व्यवहारमा लागु गरेमा पश्चिामा संस्कृतिबाट बच्न सक्ने बताउनु भयो । धर्म, भाषा, संस्कार, संस्कृति, मूल्य मान्याता र पहिचानलाई बचाई राख्न नयाँ कार्यसमितिले गहन भुमिका खेल्नुपर्ने बताउनुभयो ।

भेलामा विषेश अथिति समेत रहनु भएको हेटौडा उपमहानगरपालिका वडा नं. १५ का वडाअध्यक्ष महारत्न लामाले धार्मिक पर्यटनको लागि १५ नं. वडा अत्यन्तै सम्भवना नै सम्भावना भएको हुदाँ वडाले गर्नु पर्ने साथ सहयोगमा कुनै कमी नहुने बताउनुभयो ।

भेलामा नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य सुनिल मोक्तान, वडा नम्बर १५ कासदस्य कुमारी श्रेष्ठ, नेपाल तामाङ घेदुङ हेटौडा १५ का अध्यक्ष विशाल लामा, नगर घेदुङका सदस्य मिना लामा, व्योम कुसुमका जिल्ला अध्यक्ष टेकबहादुर लामा, म्हाणिपा संघका जिल्ला अध्यक्ष विमलामाया वाईवा लगायतले मन्तव्य ब्यक्त गरेका छन् । भेला प्रेम लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*