शर्मिला स्याङ्तान सर्वोच्च शिखरको आरोहण गर्न सफल

तामसालिङ खबर
१३ जेष्ठ २०७६, सोमबार ०९:४७

काठमाडौं : काभ्रेकी शर्मिला स्याङतान तामाङले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन् । महिला सशक्तिकरणको सन्देशसहित उनी बुधबार बिहान ८ बजेर ५५ मिनेटमा शिखरमा पुगेकी हुन् ।

शिखरबाट ओर्लिएर आधारशिविरसम्म आइपुगेको उनले बताइन्। ‘प्रेम छिरिङ शेर्पा र म दुई जनाले बुधबार बिहान सगरमाथा आरोहण गरेका हौं’, उनले भनिन्, ‘म महिला सशक्तिकरणको सन्देश बोकेर सर्वोच्च शिखर चढ्न गएकी थिएँ। त्यसमा सफलता प्राप्त गरेकी छु।’

उनी मकालु एक्स्ट्रिम ट्रेन्स एन्ड एक्स्पिडिसन कम्पनीमार्फत सगरमाथा आरोहणमा गएकी थिइन्। उनले गत वर्षको सिजनमा पनि सगरमाथा चढेकी थिइन्। त्यस बेला उनी ८ हजार ७ सय ४६ मिटर उचाइसम्म पुगेपछि अस्वस्थताका कारण फर्किएकी थिइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*