युएईमा बुद्ध जयन्तीको अबसरमा भव्य कार्यक्रम (फोटो फिचर)

अनिस तामाङ
१ असार २०७६, आईतवार १२:४९

युएई – २५६३ औ बुद्ध जयन्तीको अबसरमा युएईमा बिबिध कार्यक्रम गर्दै मनाएको छ । नेपाल आदिवासी जनजाति महासंघ युएईको मातहतका ११ ओटा जातिय संस्थाहरुको संयुक्त आयोजनामा युएईमा महामानव गौतम बुद्धको जन्म जयन्तीको अबसरमा शनिबार भव्य कार्यक्रम भएको हो ।

नेपाल आदिबासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ शेर्पाको सभापतित्वमा भएको कार्यक्रममा नेपाल आदिबासी जनजाति महासंघ युएईका प्रमुख संरक्षक तथा पुर्व अध्यक्ष डेरराज तमुको प्रमुख अतिथ्यतामा भएको हो । कार्यक्रम लामा गुरुद्धारा बौद्ध पुजापाठ तथा धार्मिक प्रवचनको साथमा दिप प्रज्वलन गरेर उद्घाटन गरेका थिए ।

कार्यक्रममा एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठ, तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तान, नेपाली समाज युएईका अध्यक्ष सिपि सापकोटा लगायत विभिन्न जातिय सस्थाहरुको पदाधिकारी, राजनीतिक दलका प्रतिनिधिहरु उपस्थिति बहेको थियो । कार्यक्रम संयोजक तथा महासंघ युएईका महासचिव सनिल घिसिङले स्वागत मन्तब्य राखेका थिए ।

आदिबासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ शेर्पाले पछिल्लो चरण राज्यले विभिन्न बहानामा आदिबासी जनजातिहरुको प्राप्त भइसकेको अधिकारहरु समेत कटौती गर्दै गरेकोमा राज्यको गम्भीर ध्यानकर्षन गराएका छन । नेवार समुदायको अस्तित्व संग जोडेको गुठी माथिको हस्तक्षेप, लोकसेवा विज्ञानपनमा संविधानको मर्म विपरीत समानुपातिक समाबेशिता नभएको प्रति पुर्व अध्यक्ष डेरराज तमुले आक्रोश व्यक्त गरे ।

 

त्यसैगरि नेपाल समाज युएईका अध्यक्ष सिपि सापकोटाले व्यबाहारिक रुपमा बुद्धको अनुयायी जस्तो नभएमा बुद्धको जन्म जयन्ती मनाउनुको अर्थ नहुने, त्यसैले बुद्धको मार्गदर्शनमा हिड्न र युएईको कानुनलाई मध्यनजर गरेर पछिल्लो चरण देखेको विकृति बारे सचेत हुन उपस्थित सबैमा आह्वन समेत गरेका थिए भने तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तानले बुद्ध दर्शन र त्यसको औचित्य बारे प्रष्ट्याएका थिए ।

अनौपचारिक कार्यक्रममामा आदिबासी जनजाति महासंघ मातहतका जातिय संघ संस्थाहरु तामाङ समाज युएई, तमु समाज युएई, शेर्पा किदुग युएई, नेपाल मगर समाज, किराँत राई यायोक्खा, किराँत याक्थुङ चुम्लुङ, प्रवासी माझी समाज, प्रवासी भुजेल सेवा समिति, सुनवार सेवा समाज, नेवा पुच:, थारु कल्याणकारी समाजका कलाकारहरुले आफ्नो जातिय पहिचान झल्किने विभिन्न प्रस्तुतिहरु समेत प्रदर्शन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*