आदिवासी जनजाति मुक्ति संघर्षलाई कसरी अगाडि बढाउने

– मोक्तान सिङ्ग तामाङ
आदिवासी जनजाति मुक्तिको संघर्षलाई कसरी अगाडि बढाउँने भन्ने सवाल यत्तिवेला गम्भीर रूपमा उठेको छ।जसको ठोस उत्तर दिन नसक्दा वा पत्ता लगाउँन नसक्दा आदिवासी जनजाति समूदायमा एकप्रकारको निराशा छाएको देखिन्छ । कत्तै हाम्रो मुक्ति नै हुदैँन कि ? कत्तै हाम्रो हक अधिकार नै सुनिश्चित हुदैँन कि ? कत्तै हामीले देखेका सपना पूरा हुदैँन कि?भन्ने खालका शंका उपशंकाहरू उब्जेको देखिन्छ।कतिपय भने उत्पीडनको पीडा सहन नसकेर अक्रोशित भई अतांकावादी धारतर्फ उन्मुख भैरहेको पनि देख्न सक्छौं । हुन त यो पंक्तिकार आफैं पनि धेरै जान्ने मान्छे त होईन तर आदिवासी जनजातिको मुक्ति संघर्षलाई कसरी अगाडि लाने वा बढाउँने भन्ने विषयमा थोरै चिन्तन गर्दे गरेको युवा भएको नाताले मेरो विचारहरू बुदाँगत रूपमा राख्दैँछु ।
१) उदारवादी र माक्सवादी पार्टीको परित्याग :
जुनसुकै संघर्ष सफल हुनको लागि दक्ष ,सक्षम र क्षमतावान नेतृत्वको आवश्यकता पर्ने हुन्छ । यसो भन्दा आदिवासी जनजातिको नेतृत्वमा क्षमता नै नभएको भन्न खोजिएको होईन बरू नेतृत्व सधैँ विचारसँग जोडिएको हुन्छ । हामीसँग भएका अहिलेका जत्तिपनि नेतृत्व भनिनेहरू छन तिनीहरूमध्ये प्राय:जसो माक्सवाद र उदारवादकै अनुसरण गर्ने पार्टीमा आबद्ध छन् । माक्सवाद र उदारवादको जमा पहिर्याएर आदिवासी जनजातिको मुक्ति असम्भव छ।माक्सवादले आदिवासी जनजाति अन्दोलनलाई खाली बर्गसंघर्ष खातिर प्रयोग गर्न खोज्छ । जुन कुरा लेनिन देखि लिएर प्रचन्डसम्मले गरे।
माक्सवादीहरू तथाकथित जनवादी संस्कृति, जनवादी सत्ता,जनअदालतको वकालत गर्नेको नाममा आदिवासी जनजातिको विश्वदृष्टिकोण,सत्ता,सत्ता सञ्चालन प्रणाली,नेतृत्व चयन प्रणाली अर्थप्रणाली,न्यायप्रणाली, भाषा,धर्म, संस्कार,संस्कृतिलाई स्वीकार गर्देनन । र उदारवादीहरू व्यक्तिगत स्वतन्त्रताको नाममा आदिवासी जनजातिले सदिँयौदेखि बचाएर ल्याएँका प्रकृतिक स्रोत साधनको दोहन गर्ने ,आदिवासी जनजातिको विश्वदृष्टिकोण, सत्ता ,सत्ता सञ्चालन प्रणाली,न्यायप्रणाली,अर्थप्रणाली,भाषा,धर्म,संस्कार संस्कृति,शिक्षाप्रणाली, साहित्यलाई अस्वीकार गर्ने गर्दछ ।
त्यसको विकल्पमा बुर्जुवा न्यायलय,वुर्जुआ लोकतन्त्र ,उदारवादी खुल्ला अर्थतन्त्र,छाडा अधुनिक वा पश्चिमी सँस्कृतिको वकालत गर्ने गर्दछ।यस सवालमा माक्सवाद र उदारवादवीच तत्विक भिन्नता देखिँदैन । नेपालको सवालमा उदारवादी र माक्सवादीहरू उदारवाद र माक्सवादको सहारा लिदैँ एकात्मक ब्राह्मणवादी सत्तालाई जोगाउँने प्रयत्न गरिरहेको देखिन्छ । तिनीहरू वास्तवमा नवब्राह्मणवादीहरू हुन।त्यसैले उदारवादी र माक्सवादी जमा पहिर्याएका नवब्राह्मणवादी पार्टीबाट हाम्रो मुक्ति असम्भव छ भन्ने कुरा हामीले बुझ्न जरूरी छ । र सर्वप्रथम उदारवादी र माक्सवादी पार्टीको परित्याग गर्न जरूरी छ ।
२) संसोधनवादी ,जातीय समन्वयवादी पार्टीको परित्याग :
आदिवासी जनजातिको मुक्तिको लागि माक्सवादी उदारवादी पार्टी जत्ति वाधक छन् त्यो भन्दा बढी बाधक संसोधनवादी, जातीय समन्वयवादीहरू देखिन्छ । यी कित्तामा संघीय समाजवादी फोरम,जनमुक्ति पार्टी, राजपा, नयाँ शक्ति लगायतकाहरू पर्दछन । यी पार्टीहरू झट्टा हेर्दा बढो क्रान्तिकारी देखिएतापनि सारमा यी पार्टीहरू आदिवासी जनजातिको मुक्तिको विरूद्वमा छ । किनभने जातीय समन्वयवादीहरू आदिवासी जनजातिको संघर्षको फललाई आफ्नो व्यक्तिगत लाभको लागि प्रयोग गर्ने गर्दछन् । अर्थात् आफू मन्त्रीको हुनको लागि वा कुनै जागिर पाउँनको लागि प्रयोग गर्ने गर्दछ ।जुनकुराको पुष्टि संघीय समाजवादी फोरम,राजपा लगायतका दलहरू पटकपटक सरकारमा जानुले पुष्टि हुन्छ ।
३) पपुलिस्ट र शान्तिपूर्ण संघर्ष छोड्न जरूरी:
आदिवासी जनजातिको मुक्ति पपुलिस्ट र शान्तिपूर्ण संघर्षले गर्न सक्दैँन । पपुलिस्ट र शान्तिपूर्ण संघर्षले अहिलेकै एकात्मक संरचनामा भाग खोज्ने काम मात्र गर्छ । आदिवासी जनजाति मुक्ति संघर्ष भाग खोज्नुसँग भन्दापनि खोशिएको सत्ता पुनर्स्थापनासँग जोडिएको छ । आदिवासी जनजातिको मुक्तिको लागि हिँसात्मक संघर्ष अर्थात् बलप्रयोगको सिद्धान्तलाई अवलम्बन गर्न जरूरी छ । जुन कम्युनिस्ट क्रान्ति भन्दा भिन्न हुन्छ र हुन जरूरी छ । भिन्न यस अर्थमा कि कम्युनिस्ट सत्ता थिएन भने हाम्रो सत्ता अहिले ज्यूँदै छ खाली त्यसको वैधता खोशिएको छ । त्यसलाई पुनर्स्थापित गर्ने हो। जसको लागि हामीले मेक्सिकोको चियापस क्षेत्रमा मार्कोसले गरेको अभ्यासबाट सिक्न सकिन्छ । जहाँ मार्कोसले जपाटिस्टा राष्ट्रीय मुक्ति सेनामार्फत स्थानीय सत्ता कब्जा गरिसकेको छ । जसलाई युएनले समेत बैधाँनिकता दिईसकेको छ।यसबाट पनि हामीले भन्न सक्छौ आदिवासी जनजाति मुक्ति सम्भव छ ।
४) आदिवासी जनजाति भित्रको वर्गको पहिचान:
आदिवासी जनजाति भित्रको वर्गको किटान पनि हामीले गर्न जरूरी छ । उदाहरणको लागि शेरवहादुर तामाङ कानुन मन्त्री हुदैँमा सम्पूर्ण तामाङ प्रथम उत्पीडनबाट मुक्त हुन सक्दैँन । र शेरबहादुर तामाङ तामाङ राष्ट्रको मुक्तिको पक्षमा हुन सक्दैँन । नभए किन शेर वहादुर तामाङले गाईको मासु खानेको नाममा तामाङहरूलाई जेलमा हाल्ने नक्कली कानुनलाई परिवर्तन गर्न खोजेन वा सकेन ? त्यसो हुनुको कारण उसको पद खुस्किन्छ भन्ने डर हो जुन उसको वर्गचरित्रसँग जोडिएको छ । त्यसैले आदिवासी जनजाति हुदैँमा सबै ठीक हुन्छ भन्ने दृष्टिकोण त्याग्न जरूरी छ ।
५) दलित,खस,मधेसी समूदायको मुद्वालाई सही ढङ्गले बुझ्ने:
दलित,खश,मधेशी समूदाय आदिवासी जनजाति समूदायभन्दा भिन्न तर एकात्मक राज्यसत्ताबाट उत्पीडनमा परेका समूदाय हुन् जसको मुक्तिको लागि पनि आदिवासी जनजाति लड्न सक्नुपर्दछ । जसको लागि मधेसी,दलित,खश समूदायलाई उत्पीडन थोपर्ने आदिवासी समूदाय नभई एकात्मक राज्यसत्ता हुन भन्ने कुरा बुझाउँन सक्नुपर्दछ । र ती समूदायमा नेतृत्व विकासको लागि विशेष पहल गर्नुपर्दछ ।
६) महिला,विद्यार्थी, युवाको मुद्वालाई सही ढङ्गले बुझ्ने:
हुनत:उत्पीडक जातिको तुलनामा आदिवासी समूदायमा महिला झन बढी उत्पीडनमा परेको देखिन्छ।यसो हुनुको मुख्य कारण आदिवासी समूदायको सत्ता खोशिनु नै हो । किनकि आदिवासी सत्ता खोशिनुभन्दा पहिला आदिवासी समूदायमा महिला र पुरूषवीच विभेद थिएन । जुन कुरा पुष्टि विभिन्न आदिवासी समूदायमा आजसम्म जिवित कानुनहरूले पुष्टि गर्छ ।
यद्यपि उत्पीडक जातिको महिलाहरू पनि पुरूषको तुलनामा उत्पीडनमै छ त्यसको मुक्तिको लागि पनि आदिवासी जनजाति लड्न सक्नुँपर्दछ । विद्यार्थीको सवालमा पनि आदिवासी जनजाति विद्यार्थी एक भाषा ,एक संस्कृति,एक धर्मको सिकार बन्न पुगेको देखिन्छ । त्यत्ति मात्र नभएर अधिकांश आदिवासी जनजातिका बालबच्चाहरू शिक्षाबाट बन्चित हुनुपरेको देखिन्छ । तर उत्पीडक जातिका तल्लो बर्गकाहरू पनि राम्रो शिक्षाको पहुँचबाट टाढा हुनुपरेको छ।यस सवालको पहिचान हामीले गर्न जरूरी छ र उनीहरूको हकहीतको लागि पनि आदिवासी जनजातिले लड्न सक्नुपर्दछ ।
युवाको सवालमा नि आदिवासी जनजाति युवा उत्पीडक जातिको युवाभन्दा बढी शिक्षा,रोजगार,अवसर,सुविधाबाट बञ्चित हुनपुगेको छ यसो हुनुको मुख्य कारण सत्ता खोशिनु नै हो । तर आदिवासी जनजाति युवा मात्र शिक्षा,रोजगार,अवसर,पहुँच,सुविधाबाट वञ्चित छ भन्ने कुरा हामीले बुझ्नुहुदैँन । र उत्पीडक जातिको युवाको शिक्षा ,रोजगार,अवसर,पहुँच,सुविधाको लागि आदिवासी जनजाति युवाले लड्ँन सक्नुपर्दछ ।
७)किसान,मजदुरको मुद्वालाई सही ढङ्गले बुझ्ने:
आजको समयको अधिकांश मजदुर,किसान को हुन त ? भन्दा आदिवासी जनजाति नै हुन । यहाँ जातीय विभेदका कारण अन्य उत्पीडनहरू थोपरिएका छन् । तर उत्पीडक जाति भित्रकाहरू पनि कम नै भएपनि किसान,मजदुर छन भन्ने कुरा हामीले बुझ्न जरूरी छ । र उनीहरूको मुक्तिको लागि पनि आदिवासी जनजाति किसान मजदुर लड्ँन सक्नुपर्दछ । सबैखाले विभेद,उत्पीडनको अन्त्य हुनको लागि एकात्मक राज्यसत्ताको अन्त्य हुनुपर्ने कुरा उनीहरूलाई बुझाउँन सक्नुपर्दछ ।
८)आदिवासी जनजाति मुक्ति संघर्षलाई अगाडि बढाउँन आवश्यक चीजहरू:
१) हाम्रो आफ्नै दर्शन आदिवासीवाद दर्शनलाई ग्रहण गर्न जरूरी छ।
२) त्यसलाई स्वीकार गर्ने अग्रदस्ता भेन्गार्ड सहितको क्रान्तिकारी आदिवासीवादी पार्टीको आवश्यक छ।
३) चार तयारी गर्न जरूरी छ । ती तयारीहरूमा
क) वैचारिक तयारी
ख) राजनीतिक तथा कुटनीतिक तयारी
ग) संगठनात्मक तयारी
घ) भौतिक तथा आर्थिक तयारी
४) आदिवासी जनजाति मुक्ति सुरक्षा दस्ता गठन गर्न जरूरी छ।
५) सत्ता दाबीसम्म जान जरूरी छ, समानुपातिक समावेशी प्रतिनिधित्व खोज्नको लागि मात्र।
६) अन्तर्राष्ट्रीय लीग गठन गर्न जरूरी छ ।
९) निम्न राणानीतिहरू अवलम्बन गर्न जरूरी
१) तामाङसालिङ,मगरात,खशान, नेवा, तमुवान,लिम्बुवान, खम्बुवान,मधेस सहितको बहुलराष्ट्रिय लोकतांत्रिक गणतन्त्रात्मक राज्य नेपाल निर्माण गर्नु न्युनतम लक्ष्य हुन जरूरी छ ।
२)सामुदायिक समाजवादी व्यवस्था सँगै वैज्ञानिक प्रकृतिवादी समाज निर्माण गर्नु हाम्रो अधिकतम लक्ष्य हुनेछ ।
अन्त्यमा,यदि सही बिधि, विज्ञान पक्रेर आदिवासी जनजाति मुक्ति संघर्ष अगाडि बढाएमा आदिवासी जनजाति मुक्ति सम्भव छ।तर सस्तो लोकप्रियताको लागि गरिने एकदिने, दुईदिने सडक अन्दोलनले आदिवासी जनजाति मुक्ति असम्भव छ।त्यसको लागि हामीले ईभो मोरालेसले वोलिभियामा गरेको पछिल्लो सफलता र मेक्सिकोको चियापस क्षेत्रमा मार्कोसले गरेको अभ्यासबाट सिक्न जरूरी छ।त्यसैले निराशा हुने होईन बरू थप मेहनतका साथ अगाडि बढौँ । धन्यवाद । (लेखक – आदिवासीबाद दर्शन समूहको सदस्य हुनु हुन्छ ।)