आरक्षण पक्षधरको अभियान्तलाई रिहाइ नगरे, सरकारले ठुलो क्षति व्यहोर्नु पर्ने – तामाङ घेदुङ

तामसालिङ खबर
४ श्रावण २०७६, शनिबार १८:१९

हेटौडा – लोकसेवा आयोगको बिज्ञापन बिरुद्ध भएको आन्दोलनको क्रममा पक्राउ गरिएको आरक्षण पक्षधरको नेताहरुलाई बिना शर्त रिहाइ गर्न माग गरेको छ ।

शनिबार नेपाल तामाङ घेदुङ संघिय कार्यालयबाट जारी भएको बिज्ञप्तीमा आरक्षण पक्षधरको अभियन्तालाइ बिना शर्त रिहाई नगरे सरकारले ठुलो क्षति व्योहोर्नु पर्ने चेतावनी दिएको छ, साथै भावी हुने परिणाममा सरकार जिम्मेवार हुनुपर्ने पर्ने समेत विज्ञप्तिमा उल्लेख छ ।

असमावेशी लोकसेवा आयोगको विज्ञापन विरुद्द शान्तिपुर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दै अभियान्तालाई गिरक्तार गरेकोमा नेपाल तामाङ घेदुङ्गले बिना शर्ता रीहाईको माग गरेको छ ।

शनिबार इटहरीबाट आदिवासी जनजाति महासंघ सुनसरीका अध्यक्ष राम राई सहित १५ जनालाई दुव्र्यवहार गर्दै प्रहरीले पक्राउ गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*