गोले तामाङ वंश उत्थान समाज मकवानपुरले क्यान्सर पिडित खुलाललाई आर्थिक सहयोग

तामसालिङ खबर
४ श्रावण २०७६, शनिबार २०:३०

साउन ४, हेटौडा – गोले तामाङ वंश उत्थान समाज मकवानपुले हेटौंडा उपमहानगरको नगर कार्यपालिका सदस्य रुपा खुलाल गोलेलाई उपचारको लागि आर्थिक सहयोग गरिएको छ । शनिबार समाजले ३९ वर्षीया स्तन क्यान्सरबाट पीडित खुलालको उपचारको लागि नगद २५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको हो ।

क्यान्सर पीडित खुलाललाई सहयोग हस्तान्तरण गर्दै गोले तामाङ वंश उत्थान समाजको केन्द्रीय सदस्य शुभरत्न गोलेले उपचारको लागि आफूहरुले सकेको सहयोग उपलब्ध गराएको बताए ।

त्यस्तै, समाजको मकवानपुर अध्यक्ष राजकुमार गोलेले पिडित खुलाललाई आगामी दिनहरुमा पनि आफुहरुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । दुई वर्षदेखि स्तन क्यान्सरबाट पीडित खुलाललाई हेटौंडा उपमहानगरपालिकाले समेत पाँच लाख रुपैयाँ उपचार खर्च उपलब्ध गराइसकेको छ ।

सहयोग हस्तान्तरण गर्ने क्रममा गोले तामाङ वंश उत्थान समाजको केन्द्रीय सदस्य शुभरत्न गोले, आकाश गोले, लगायत जिल्ला अध्यक्ष राजकुमार गोले, उपाध्यक्ष दिनेश गोले, सचिव रोशन गोले, सल्लाकार जिवन गोले लगायतको सहभागीत रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*