लोकसेवाको विज्ञापन विरुद्ध चरणबद्ध आन्दोलन बढ्छ – अध्यक्ष गोले
साउन ६, काठमाडौं – ताम्सालिङ संयुक्त संघर्ष समितिका अध्यक्ष जय गोलले लोकसेवाले लिएको परिक्षाको नतिजा स्विकार्य नहुने बताएका छन् । संघीयताको मर्म विपरीत लोकसेवा आयोगले निकालेको विज्ञापन समावेशी नभएको भन्दै त्यसको खारेजीको समेत माग गरेका छन् ।
लोकसेवा आयोग र केन्द्रीय सरकारले वदनियत ढङ्गबाट स्थानिय सरकारमा कर्मचारी भर्ना विज्ञापनमा लिई परिक्षा संचालन गरेको भन्दै त्यो नतिजा कुनै हालतमा मान्य नहुने बताएका छन ।
उनले प्रदेश सरकारको अधिकार केन्द्र सरकारले राखेर प्रदेश तहमा कानुन नबनाई आदिवासी जनजातीहरुको मर्म र भावना विपरित विभेदकारी ढङ्गबाट भर्ना कार्य खुलाएको छ । त्यसको घोर भत्सर्ना गर्दछौ । उनले भने,






