युएईमा २५ औं विश्व आदिवासी दिवस मनाउने

तामसालिङ खबर
७ श्रावण २०७६, मंगलवार २२:४८

साउन ७, युएई – २५ विश्व आदिबासी दिवसको अबसरमा अधिकार, प्रतिनिधित्व र स्वशासनका लागि आदिवासी जनजातिको अडान पहिचान सहितको संघीयताका लागी संबिधान संशोधन हाम्रो साझा अभियान” भन्ने मुल नाराका साथ युएईमा बिबिध कार्यक्रम गरि मनाउने भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ रिन्जी शेर्पाको अध्यक्षमा जुन २८ मा बसेको बैठकले २५ औं बिश्व आदिवासी दिवस महासंघ युएई र आबद्ध जातीय संघ संस्थाहरुले संयुक्तरूपमा मनाउने निर्णय गरेको हो ।

महासंघका महिला उपाध्यक्ष बिजयलक्ष्मी राई संयोजक तोकिएको उक्त कार्यक्रम ०९ अगस्ट २०१९ शुक्रबार युएईको दुबई स्थित कार्ल्टन टावर होटलमा आयोजना हुने भएको छ ।

कार्यक्रममा आदिवासी जनजातिहरुको आफ्नो भाषा, धर्म, संस्कार, संस्कृति, भेषभुषा आदिको संरक्षण, सम्बर्द्धन र शैक्षिक बिकासलाई अगाडी बढाउने उद्देश्य रहेको कार्यक्रममा जातीय पुरानो स्टलहरु प्रदर्शन गर्नुको साथै पौराणिक सांस्कृतिक झल्काउने झांकी (नाच) र मिस्टर एण्ड मिस प्रतियोगिताको साथ प्रवास युएईमा रहेका स्थानीय ख्यातिप्राप्त कलाकारहरुको बिशेष सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*