प्रजिअ तामाङको प्रशंसनीय कार्य, एकवर्षमा १६ हजारले नागरिकता पाए
साउन २२, हेटौडा – जिल्ला प्रशासन कार्यालय मकवानपुरको प्रमुख जिल्ला अधिकारी भएर आउनु भएको अस्मान तामाङको एक बर्षे अवधिमा १६ हजार जनाले नागरिकता लिएका छन् ।
गत बर्षको साउनबाट मकवानपुरको प्रमुख जिल्ला अधिकारी भएर आउनु भएको तामाङ्ले जिल्ला सदरमुकाम हेटौंडाबाट टाढा र विकट क्षेत्रका नागरिकलाई सहज हुने गरी २१ दिनसम्म घुम्ति शिविर सञ्चालन गर्दै बर्षौ देखि नागरिकता विहीनहरुलाई नागरिकता प्रदान गरिएको थियो ।
बंशज आधारमा पुरुष ७ हजार १९ जना र महिलाहरु ९ हजार ५ सय ९४ जना गरी १६ हजार ६१३ जनाले लिएका छन् । नागरिकता लिने क्रममा वैवाहिक अंगिकृत १६ जना, जन्मको आधारमा नेपाली नागरिकता प्राप्त नागरिकका सन्तानलाई बंशजको नागरिकता ३० जनाले लिएको छ ।






