कांग्रेस निकट आदिवासी जनजाति मनहरीको अध्यक्षमा भीमसेन लामा चयन
भदौ ३१, हेटौडा (मनहरी) – नेपाली कांग्रेस निकट आदिवासी जनजाति संघ मनहरी गाउँपालिका अध्यक्षमा भीमसेन लामा चयन भएका छन् । सोमबार भएको भेलाले लामाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
भेलाले उपाध्यक्षमा फुलमाया लामा र विनय प्रजा, सचिव चट्टान स्याङतान, कोषाध्यक्ष कृष्णमाया राई, सहसचिव कान्छीमाया लो, सदस्यहरु युवराज वाईबा, विष्णुबहादुर प्रजा, सुनबहादुर तामाङ, राजेन्द्र रुम्बा र विनोद पाख्रिन चयन भएका छन् ।
त्यस्तै, दीपक मोक्तानको अध्यक्षतामा ११ सदस्यीय नेपाल तामाङ संघ मनहरी गाउँपालिका समेत गठन गरिएको छ । कार्यक्रम आदिवासी जनजाति विभाग मकवानपुरका संयोजक भीमबहादुर भोम्जनको सभाध्यक्षता एवं कांग्रेस मकवानपुरका पार्टी सचिव बुद्ध लामाको प्रमूख आतिथ्यतामा भएको हो ।
कार्यक्रममा नेपाली कांग्रेस मनहरी गाउँपालिका संयोजक भरत पराजुली, जिल्ला सदस्य राजिव सुवेदी, नेपाल तामाङ संघ मकवानपुरका अध्यक्ष चम्फुरत्न लामा, महाधिबेशन प्रतिनिधि जानकी लामालगायतले मन्तव्य व्यक्त गरेका थिए ।






