विराटनगर विमानस्थल तीन दिनपछि सञ्चालनमा

तामसालिङ खबर
६ कार्तिक २०७८, शनिबार ०८:४९

कार्तिक, विराटनगर – विराटनगर विमानस्थल तीन दिनपछि आज शनिबारदेखि सञ्चालनमा आउने भएको छ।

विमानस्थलको धावनमार्गमा बाढी पसेर ३ कात्तिकदेखि बन्द विमानस्थल पुनः सञ्चालनमा आउन लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । यद्यपि तत्काल रात्रिकालीन उडान हुने छैन ।

प्राधिकरणले दिउँसो मात्र मौसम अनुकूल उडान भर्न भनेको छ । तत्काल भीएफआर उडान मात्र हुने र उपकरणको परीक्षणपछि आइएफआर उडान हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*