सबै लघुवित्तलाई मर्जका लागि तयार रहन निर्देशन

तामसालिङ खबर
३१ जेष्ठ २०७६, शुक्रबार १५:०४

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मर्जका लागि तयार रहन सबै लघुवित्त संस्थाहरुलाई निर्देशन गराएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले मर्जरका लागि तयार रहन सबै लघुवित्त संस्थाहरुलाई निर्देशन गराएका हुन् ।

शुक्रबार काठमाडौंमा आयोजित ‘लघुवित्त संस्थाको मर्जर र आवश्यक्ता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ग्रामिण क्षेत्रको गरिवी निवारणका लागि आर्थिक गतिविधि बढाउन टेवा पु¥याउने उद्देश्यका साथ सुरु गरिएको लघुवित्त संस्थाको दिगोपनाका लागि पनि मर्जर अति आवश्यक भएकाो स्पष्ट पारे ।

गभर्नर नेपालले असार महिनाभित्र सबै स्थानीय तहमा बैंक तथा वित्तिय संस्थाहरुको स्थापना गरिसक्ने घोषणा पनि गरे । ७५३ वटा स्थानीय तहमध्ये ७२८ वटा स्थानीय तहमा बैंक तथा वित्तिय संस्थाहरु पुगीसकेको र बाँकी स्थानीय तहमा पनि यही असारभित्र बैंक तथा वित्तिय संस्थाहरुको व्यवस्था गर्ने गभर्नर नेपालको योजना छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*