मकवानपुरको सुकौरामा होलिस्टिक स्वास्थ्य जनचेतना कार्यक्रम सम्पन्न

तामसालिङ खबर
१९ भाद्र २०७६, बिहीबार १६:११

भदौ १९, हेटौडा – होलिस्टिक हेल्थ प्रालि हेटौडा शाखाको आयोजनामा मंगलबार मकवानपुर गढी गाउपालिका सुकौराको जनता माध्यमिक बिद्यालयमा ‘बृहत होलिस्टिक स्वास्थ्य जनचेतना कार्यक्रम’ सम्पन्न भएको छ ।

प्रकृति फर्क, र प्राकृतिक जीवन शैली अपनाउ भन्ने मूल नाराका साथ उक्त बिद्यालयमा भएको कर्यक्रममा कम्पनीका प्रशिक्षक श्रीकृष्ण लामाले प्रशिक्षण दिनुभएको थियो ।

अत्यधिक विषादीयुक्त तरकारी, खाद्यान्न, फलफुलहरुको सेवनबाट अहिले हरेक मानिसहरुमा दिनप्रतिदिन जटिल रोगहरु आइरहेको अबस्थामा होलिस्टिक जनचेतना अभियानले प्रकृतिद्वारा प्रदद्ता अनमोल तथा जडिबुटीहरुको सेवनबाट प्राकृतिक रुपमै सम्पूर्ण रोगहरुको दिर्घकालिन समाधान गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

उक्त कर्यक्रममा बिद्यालयको प्रधानध्यापक, शिक्षकहरु, तथा अबिभाबकहरु सहितको करिब ७५ जनाको सहभागिता रहेको थियो । राजन गोले, सुमिना योञ्जन र विकास मोक्तानको संयोजकत्वमा भएको कार्यक्रममा अधिकांशले प्राकृतिक जीवन शैली, र प्राकृतिक उपचारको महत्व बुझेको बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*