बुद्ध एयरले एकैदिन ५ हजार यात्रुलाई सेवा दिन सफल

तामसालिङ खबर
१० आश्विन २०७६, शुक्रबार १४:५०

असोज १०, काठमाडौं – नेपालको आन्तरिक उडानमा प्रभाब जमाउँदै आएको बुद्ध एयरले बिहीबार बर्षकै सबै भन्दा बढी यात्रु बोकेको छ । कम्पनीका अनुसार बिहीबार मात्रै ५ हजार ५ सय ९२ जना यात्रुहरुलाई सेवा दिन सफल भएको बताएको छ ।

बिहीबार ५ हजार १ सय ७१ जना नेपाली र ४ सय २१ जना विदेशी सहित कुल ५ हजार ५ सय ९२ जनालाई सेवा दिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले माउण्टेन फ्लाइट सहित बिहीबार १०७ उडान गरेको छ । कम्पनीले हाल विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, तुम्लिङटार, भरतपुर, धनगढी, सुर्खेत, सिमरा, पोखरा लगायतका स्थानहरुमा आन्तरिक उडान गर्दै आईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*