अब विमानभित्रै मोबाइल र इन्टरनेट सेवा उपलब्ध
कार्तिक, काठमाडौं – नेपाल दूरसञ्चार प्राधिकरणले दुईवटा विदेशी एरोस्पेस कम्पनीलाई विमानभित्रै मोबाइल र इन्टरनेट सेवा दिन सहमति प्रदान गरेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले मुलुकको हवाई उडानको इतिहासमा पहिलो पटक नेपालको आकाशमा विमानभित्रै मोबाइल र इन्टरनेट सेवा दिन ‘थाल्स र सीता’ भन्ने एरोस्पेस कम्पनीलाई सहमति प्रदान गरिएको जानकारी दिए । उनले भने, “सहमति पाएका यी दुई कम्पनीले एरोस्पेससम्बन्धी विभिन्न सेवा उपलब्ध गराउँदै आएका छन् । अब नेपालको आकाशमा उडान गर्ने विभिन्न विमान सेवा प्रदायकहरूले ती कम्पनीका यो सेवा खरिद गरी आफ्ना यात्रुलाई सेवा पुर्याउन सक्छन् ।” यसअघि यात्रुले...



















