बागमती प्रदेश : नयाँ सरकारमा मकवानपुरकी कुमारी मोक्तान मन्त्री बन्दै

कार्तिक, हेटौंडा – बागमती प्रदेशको नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा बन्ने नया सरकारमा मकवानपुरबाट नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तान मन्त्री बन्ने भएकी छन् । मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ (क) को प्रदेशसभा निर्वाचनबाट मोक्तान बिस २०७४ मा वामगठवन्धनको तर्फबाट विजयी भएकी थिईन् । पाण्डेको मन्त्रिपरिषदमा नेकपा मओवादी केन्द्रको तर्फबाट दलकी उप-नेता कुमारी मोक्तान सहित, कांग्रेसका उप-नेता कृष्णलाल भडेल र नेकपा एकीकृत समाजवादी दलका उप-नेता कृष्ण खनाल मन्त्री बन्दै छन् । माओवादीले आर्थिक मामिला, कांग्रेसले भौतिक पूर्वाधार...