पश्चिम मकवानपुरमा दुई दिन विद्युत कटौती हुने
कार्तिक, हेटौंडा – हेटौंडा सहित मनहरी र राक्सिराङ र कैलाशको विभिन्न स्थानमा आइतबार र सोमबार दुई दिन विद्युत कटौती हुनेभएको छ । नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले आज र भोलि बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत कटौती हुने जनाएको हो । नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्र अन्तर्गत युनिलिभर फिडरको हेटौंडा देखी मनहरी गाउँपालिकाको लोथर सम्म र राक्सिराङको चैनपुर, कैलाश वडा नम्बर ४ पञ्जनी, देवीटार काकाँडा लगायतका स्थानमा दुई दिन विद्युत आपुर्ति बन्द हुने केन्द्रले सुचना प्रकाशित गर्दै जानकारी गराएको छ । फिडर अन्तर्गतका हेटौंडा-भरतपुर- बर्दघाट २२०...


















