जापानी राजकुमारी माकोले शाही पदवी त्याग्दै प्रेमीसँग गरिन् बिहे

कार्तिक, काठमाडौँ – जापानकी राजकुमारी माकोले प्रेमी केई कोमुरोसँग विवाह गरेकी छिन् । राजकुमारी माकोले मंगलबार शाही पदवी त्याग्दै कलेजका साथी तथा प्रेमी कोमुरोसँग विवाह गरेकी हुन् । कोमुरो र माकोले कलेजमा सँगै पढेका थिए। स्थानीय समयअनुसार मंगलबार बिहान १० बजे उनीहरूले विवाह दर्ताको फर्म बुझाएका थिए । विवाहपछि माको पनि न्युयोर्क सर्ने बताइएको छ । कोमुरो अमेरिकामा वकिल हुन् । जापानको राजपरिवारको नियमानुसार सामानय नागरिकसँग विवाह गरेमा शाही पदवी छाड्नुपर्नेछ । राजकुमारी माको जापानका तत्कालीन शासक अकिहितोकी नातिनी हुन् । उनले २०१७ मा कुमारोसँग इंगेजमेन्ट गरेको घोषणा गरेकी...