सातै प्रदेशको बजेटमा स्वास्थ्य, कृषि र रोजगारी प्राथमिकतामा
असार २, काठमाडौं – सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि आयव्यय सहितको बजेट सोमबार सार्वजनिक गरेका छन् । १ असारबाट अनिवार्य बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रदेशहरूले बजेट सार्वजनिक गरेका हुन् । सबैभन्दा ठूलो आकारको बजेट बागमती प्रदेशले ल्याएको छ भने सबैभन्दा न्यून बजेट सुदूरपश्चिम प्रदेशले ल्याएको छ । सातवटै प्रदेशले कोभिड–१९ बाट प्रभावित आर्थिक क्षेत्रको उन्नयन र पुनरुत्थानका लागि विशेष प्राथमिकता दिएको छ । बजेटको प्राथमिकता स्वास्थ्य, कृषि र रोजगारी परेको छ । प्रदेश सरकारहरूले साना तथा मझौला उद्योगका लागि पनि जोड दिएको छ । बागमती...


















